खाना खान नदिएपछि श्रीमतीको हत्या

Read Time:4 Minute, 34 Second

देब पचभैया पाल्पा,माघ १२

रामपुर पाल्पामा भएको सोनु श्रेष्ठको हत्यामा उनकै श्रीमान् ओम प्रकास श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले शार्बजनिक गरेको छ । आज बिहान तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा प्रयोग गरिएका मोटरसाईकल, बोरा, रसी लगाएतका सामाग्रीहरु र घटनाको बिबरणको बारेमा प्रहरीले प्रारम्भिक जानकारी दिएको हो ।

पत्रकार सम्मेलनका अभियुतm लाई बोल्न नदिएपनि प्रहरीले उनी संग लिईएको बयान र उनले हत्या स्वीकार गरेको भिडियो देखाईएको थियो । बयानमा ओम प्रकाश श्रेष्ठले जेठी श्रीमती बाट बाल बच्चा नभएपछि कान्छी बिहे गरेको र कान्छी बाट २ छोरा छोरी भएदेखि आफुले उनलाई निकै माया गर्ने बताएका छन् । आफुले माया गर्ने तर पछिल्लो समयमा कान्छी श्रीमती सोनुले आफुलाई बेवास्ता गर्ने, जहिले पनि झर्किने, रिसाउने गर्नेहुनाले उनलाई आफुले मार्ने योजना बनाएको बताएका छन् । उनले सोनुलाई पौष ४ गने माईतीमा कोही नभएको बेला राती ८ बजे घाटी थिचेर मारेको र बोरामा बाढेर  काली नदीमा फालिदिएको बताएका छन् ।

उनले आफुले धेरै माया गर्ने हुनाले अर्के केटा संग हप्तौ दिन हिड्ने श्रीमती सोनुलाई स्वीकार गरेपनि उनले आफुलाई माया नगरकेो बताएका छन् । घटना घट्ने दिनको बिहान  पनि माईतमा रहेकी सोनुले आफुलाई खाना खान नदिएर आफुले मात्रै खाएको  र आफुसंग नबोली छिमेकीकोमा गएर दिनभर बसेकाले रिसको झोकमा त्यही दिन राती उनको हत्या  गरेको बताएका छन् । गत पौष ४ गते घरै बाट बेपत्ता भएकी रामपुर ५ की २७ बिर्षीया सोनु श्रेष्ठको यही माघ ६ गते हत्या गरी बोरामा राखेर ढुंगाले बाधेर फालेको अबस्थामा रामपुर १ परेवाघाट  स्थित कालीनदिमा शब फेला परको थियो । सोनु हराएको एक हप्ता पछिनै उनकै श्रीमान् ओम प्रकाशले हत्या गरेको हुन सक्ने भन्दै सोनुकी दिदि र स्थानिय बासीले ईलाका प्रहरी कार्यालय रामपुरमा चार पटक निबेदन दिएका थिए । स्थानियहरुले सोनुको नाउमा रहेको सम्पती आफ्नो नाउमा नाम सारी नगरेकाले उनको हत्या भएको हुन सक्ने बताउदै आएका थिए ।

हत्या गरी फालिएको सोनुको शब फेला परेपछि हत्यारालाई कारबाही गर्न माग गर्दे स्थानिय महिलाहरुको अगुवाईमा भएको आन्दोलजन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले रामपुर क्षेत्रमा आईतबार र सोमबार दुई दिन कर्फु लगाउनु परेको थियो । आन्दोलकारी र प्रहरी बिचको झडपमा ७ प्रहरी र २५ आन्दोलन कारी घाईते भएका थिए । उनीहरुले प्रहरी कार्यालयमा ढुगा मुढा गर्नुका साथै प्रतिक्षालय जलाई दिएका थिए । ६० राउण्ड हवारी फाएर र दजर्नौ अर्सुग्यास फाल्दापनि आन्दोलन कारी नभागेपछि प्रहरीले एस,एल, आर  गोली चलाएको थियो । प्रहरीको गोली लागेर २ जना घाईते भएका थिए । ओम प्रकासको कान्छी श्रीमती बाट ९ बर्षिया छोरी र ७ बर्षका छोरा छन् ।

सोनु हत्यामा संलग्न भएको आसंकामा प्रहरीले ओम प्रकाशका जेठी श्रीमतीलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । हत्यामा अन्य ब्यतिmहरु पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले सस्कास्पद ब्यतिmहरुलाई पनि सोध खोज गरिरहेको बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %