पाल्पा,माघ ११
सत्ता स्वार्थका कारण मुलुक अस्तव्यस्त बन्दै गएको भन्दै दलिय स्वार्थ भन्दा माथी उठेर आम नागरिकले दलका नेताहरुलाई खवरदारी गर्नुपर्ने बेला आएको पाल्पामा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपालीले संविधान खोजिरहेका वेला मुख्य दलका नेताहरु सत्ता केन्द्रीत भएकोले मुलुकको अवस्था अस्तव्यस्त बनेको उनिहरुको भनाई छ । संविधान सुचना केन्द्र पाल्पाको आयोजनामा आज तानसेनमा भएको संविधान निर्माण प्रक्रियामा संविधान सभाद्वारा सम्पन्न भएको कार्य प्रगतिवारे अन्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कानुनी समाजका केन्द्रीय सदस्य महेन्द्र पान्डेले जादुको रुपमा कल्पना गरिएको नयाँ नेपालको पछाडी दौडेर सबै नेपाली नागरिकहरुले धोका पाएको बताउनुभयो । नयाँ नेपाल भन्दा वित्तिकै सबै नेपालीहरु खुसी देखिए उहाँले भन्नुभयो नयाँ नेपाल हुँदा के हुन्छ ? कस्तो हुन्छ ? भन्ने वारेमा कसैले ध्यान नदिएकै कारण अहिले धोका भएको हो, त्यसैले अव जनतालाई कस्तो अधिकार भन्दा पनि जनताले कुन निकायलाई कती अधिकार दिने भन्ने विषयमा वहस चलाउन जरुर छ ।
कार्यक्रममा नेपाल कानुन समाजका अर्का सदस्य कमल प्रसाद मलेगुले हावाको भरमा आएको संघियताको विषयलाई लिएर जनमत संग्रहमा जानुपर्ने बताउनुभयो । कार्यक्रममा वोल्दै पुनरावेदन अदालत वुटवलका पूर्व अध्यक्ष वावुराम पान्डेले अव राजनितिबाट ओतप्रोत नभई सम्पूर्ण नागरिकले आफ्नो विवेक प्रयोग गरेर मुलुकलाई निकास दिने वेला आएको बताउनुभयो । कार्यक्रममा वोल्ने राजनितिक दलका नेताहरुले संघियताको विकल्प नभएको भन्दै वहुपहिचान वा सामाथ्र्यका आधारमा हुनुपर्ने बताएका थिए । तर कतिपयले भने नाम एकल जातीय पहिचान राखीएपनि अन्र्तवस्तुमा सबैलाई अधिकार समान हुनुपर्ने बताएका थिए ।
अहिलेको सरकारलाई तुरुन्तै वर्खास्त गरी सहमतिय सरकारको बनाएर संविधानसभाको लागि नयाँ निर्वाचन गराउनुपर्नेमा उनिहरुले जोड दिएका छन् । उनिहरुले विघटित संविधानसभाले तयार गरेको कतिपय राम्रा मस्यौदालाई आधारभूत मानेर नयाँ निर्वाचन मार्फत विवादीत विषयलाई टुङ्गाउनुपर्ने बताएका थिए । साथै संविधान बनाउने कुरामा विज्ञलाई पनि सहभागि गराउनु पर्ने उनिहरुको भनाई छ । कमल प्रसाद मलेगुको सभापतित्वमा भएको कार्यक्रममा सुचना केन्द्र पाल्पाका फोकल पर्शन वावुराम शर्मा भट्टराइले कार्यक्रमको उदेश्य माथी प्रकास प्रकास पार्दै सहभागिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन खुमा न्यौपानेले गर्नुभएको थियो ।
