सहिद सप्ताह सुरु

Read Time:1 Minute, 29 Second

काठमाण्डौ,माघ ११

बुधबार देखि सुरु भएको सहिद सप्ताहको पहिलो दिन सहिद शुक्रराज शास्त्रीलाई हत्या गरीएको स्थान टेकु पचलीमा श्रद्धाञ्जली अर्पण गरीएको छ ।काठमाडौँ महानगरपालिकाले गरेको श्रद्धाञ्जली कार्यक्रममा सहिद शास्त्रीको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

शुक्रराज शास्त्रीले १९९७ साल माघ १० गते सहादत प्राप्त गर्नुभएको थियो । कार्यक्रम अनुसार माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थान सिफलमा र १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको शोभाभगवतीमा श्रद्धाञ्जलि अर्पण गरिने छ । त्यस्तै अन्तिम दिन माघ १६ गते बिहान सहिद स्मारक लैनचौरमा ज्ञात–अज्ञात सहिदप्रति विशेष सम्मान धुनसहित श्रद्धाञ्जलि अर्पण गरिने आयोजक समितीले जानकारी दिएको छ । राणा शासनको बिरुद्ध आवाज उठाएर मृत्यु डण्डको सजाए पाएका शहिद लखन थापालाई भने सरकार र राजनितिक दलहरुले बेवास्ता गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %