लोकतन्त्र माओबादीले खतरामा पारे: पौडेल

Read Time:1 Minute, 27 Second

डडेलधुरा, माघ ११

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादीका कारण लोकतन्त्र खतरामा परेको बताउनु भएको छ ।प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले निजि स्वार्थले माओवादी निर्वाचनमा जान अटेर गर्दा लोकतन्त्र नै खतरामा परेको बताउनुभयो । सत्ता गठबन्धनको अधिनायकवादी चरित्रले लोकतन्त्रको धज्जी उडाएको आरोप लगाउँदै नेता पौडेलले प्रधानमन्त्री पदलाई एकीकृत माओवादीले ख्याल ठट्टा बनाएको आरोप लगाउनु भयो ।   यस्तै मोरङ पुग्नुभएका काँग्रेस नेता अर्जुननरसिंह केसीले राजनीतिक गतिरोध अन्त्यको एक मात्र बिकल्प नयां निर्बाचन भएको बताउनु भएको छ । प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा उहाँले एकीकृत माओवादीको तानशाही प्रबृतिका कारण निर्बाचन हुन नसकेको बताउनु भयो । नेता केसीले सत्ता पक्षको आचरण र व्यवहारले आउँदो जेठ महिनामा समेत संविधानसभाको निर्वाचन नहुने स्थिति उत्पन्न भएको बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %