प्रतिपक्षि दलहरुले माघ २६ गते राजधानीमा बृहत जनसभा गर्दै

Read Time:1 Minute, 26 Second

काठमाण्डौ, माघ ११

सरकार बिरोधि आन्दोलनका लागी प्रतिपक्षि दलहरुले गठन गरेको संयुत्त आन्दोलन परिचालन समिति उपत्यकाले माघ २६ गते बृहत जनसभा गर्ने भएको छ । संबिधान सभा निर्बाचनका लागी राजनैतिक बाताबरण निमार्ण गर्न भन्दै उपत्यका समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि सार्बजनिक गरेको छ । कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा आज पत्रकार सम्मेलन गरी संयुत्त आन्दोलन परिचालन समितिले बिरोधका कार्यक्रम सार्बजनिक गरेको हो । समितिले माघ १२ गते भक्तपुर र ललितपुरमा ¥याली सहित विरोध सभा गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै माघ १६ गते राजधानीको भृकुटीमण्डपमा भेला भई ¥यालीसहित शहिद गेट पुगेर शहिदहरु प्रति श्रद्धान्जली व्यत्त गरिने कांग्रेस नेता नबिन्द्रराज जोशीले जानकारी दिनुभयो । चरणबद्ध कार्यक्रमको अन्त्यमा माघ २६ गते राजधानीको खुलामञ्चमा व्यापक जनसभा गर्ने गरी तयारी अगाडि बढाएको समितिले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %