जापानले मालीको दूतावास बन्द गर्ने

Read Time:1 Minute, 14 Second

जापानले मालीमा रहेको आफ्नो दूतावास बन्द गर्ने जनाएको छ । मालीमा विगतका वर्षहरुदेखि सुरक्षा अस्वथा कमजोर हुँदै गएको र पछिल्लो समयमा अवस्था झनै खराब भएको भन्दै मालीमा रहेको आफ्नो दूतावास बन्द गर्ने बताएको हो । मालीमा विगतका दिनहरुदेखि सुरक्षा व्यवस्थामा ह्रास आइरहेकोले जापानले मालीको राजधानी बामाकोमा रहेको दूतावास बन्द गर्ने भएको हो । जापानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मालीले जापानका लागि पनि फ्रान्सबाट दूतावासको काम गर्ने मन्त्रालयले जनाएको छ । दूतावासमा रहेका कर्मचारीहरु भने फ्रान्समा नै रहने पनि विज्ञप्तिमा जनाइएको छ । मालीमा गत केही महिनायतादेखि त्यहाँको सैनिकले सत्ता हातमा लिई शासन सञ्चालन गर्दै आइरहेको छ । सैनिक शासनको विश्वका विभिन्न देशहरुले विरोध गर्दै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %