बाबुराम भटराई सरकारकोराजिनामा माग गर्दै विरोध रयाली

Read Time:1 Minute, 23 Second

दीपा आले नेपालगन्ज माघ १०, वर्तमान निरंकुश सरकारको विरुद्धमा राजिनामा माग्र्दै आज नेपालगन्जमा विरोध रयाली निकालिएको छ । नेपाली कांग्रेस निकट भ्रातृ संगठन र सुभेचुक संस्थाहरुले वर्तमान भटराई सरकारको विरुद्धमा राजिनामा माग्दै आज देखि चरणबद्ध रुपमा विरोध प्रर्दशन गर्न लागेको हो। प्रधानमन्त्री डा. बाबुराम भटराईको सरकारमा महिलामाथि हिंसा हुनु, मुलुक निरकुशता तिर धकेलिनु र प्रेस स्वतन्त्रतामाथि खिल्ली उडाएको भन्दै नेपाली कांग्रेस  निकट भ्रातृ संस्थाहरुले विरोध गरेका हुन् ।  उनीहरुले वर्तमान सरकारको राजिनामा माग गर्दै नेपालगन्ज नगर परिक्रमा गरेका थिए । विरोध रयालीमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति डा. अरुण कोइरालाले वर्तमान सरकारले देश र जनताको अधिकारमाथि अंकुश लगाएको भन्दै तत्काल राजीनामा दिनुपर्ने धारणा राख्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %