देब पचभैया
पाल्पा,माघ ९,सहमतिय सरकार गठनका लागि राष्ट्रपति डा.रामवरण यादवले आह्वान गर्नुभएको लामो समय बित्दा पनि दलहरुबिच कुनै सहमति हुन सकेको छैन । सहमतिका लागि पटक पटक लिखितरुपमा समय तोक्दा पनि दलहरुबिच कुनै सहमति हुन नसकेपछि राष्ट्रिपति यादबले पछिल्लो पटक लिखित रुपमा समय नतोकिकनै अन्तरिम संबिधानको धारा ३८ एक बमोजिम सहमतिय सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । तर दलहरुबिचको दुरी घट्नुको साटो बढ्दै गएको छ । एकीकृत माओबादीले सहमति नचाहेको भन्दै बिपक्षी दलले आन्दोलनको सुरुवात गरेपछि सत्तारुढ घटकले पनि आमसभा, प्रर्दशन लगाएतका कार्यक्रमको घोषणा गरेको छ । केहि समय अघि स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने प्रस्ताव बिपक्षीहरुले अस्वीकार गरिदिए पछि एकीकृत माओबादीले पार्टी अध्यक्ष प्रचण्डको नाम अघि सार्न थालेको छ । सत्तासाझेदार मधेशी मोर्चाले भने सहमतिका लागि माओबादीको महाधिबेशनलाई कुर्ने भएको छ । तर बिपक्षी गठबन्धनले भने काग्रेस सभापति शुसिल कोईरालाको नेतृत्वमा नै सहमति सरकार गठन हुनुपर्ने अगाड कायमै राखेको छ ।सरकारको नेतृत्वका विषयमा दलहरुले आ आफ्नो दावी गरेपछि राजनीतिक गतिरोध कायमै छ । राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ को १ अनुसार राजनीतक सहमतिको सरकार गठनका लागि गत मंसिर ८ गतेबाट पटक पटक दलहरुलाई समय सीमा तोकर आह्वान गर्दे आउनुभएको थियो ।
तर, दलहरुबिच सहमति जुट्न नसकेपछि समय नतोकिकन नै सहमति गर्न आग्रह गर्नुभएको हो । संविधानसभाको अवसानसँगै व्यवस्थापिका संसद्को हैसियत पनि समाप्त भएकाले संविधानको धारा ३८ (२) अनुसार बहुमतको सरकार बन्ने बाटो अवरुद्ध भएकाले सहमति कायम नहुदा अर्को सरकार गठनका लागि राष्टपति समेत अन्यौलमा पर्नु भएको छ ।
