माओबादीको महाधिवेशन तयारी तिव्र

Read Time:1 Minute, 50 Second

काठमाण्डौ,माघ ९

एकिकृत नेकपा माओबादीले आगामी महाधिवेशनको तयारी तिव्र पारको छ । महाधिवेशनको तिव्र तयारीमा जुटेको एकिकृत माओबादीका नेताहरु देश दौडाहामा व्यस्त हुन थालेका छन् ।नेताहरुले छिटो जिल्ला सम्मेलन सक्न सवैजसो जिल्ला कमिटीहरुलाई निर्देशन समेत दिएका छन् । जिल्ला सम्मेलनका लागी पार्टिका शिर्ष नेताहरु विभीन्न जिल्लामा जाने क्रमपनि जारी नै छ ।

अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरु जिल्ला सम्मेलनका लागि हिजो गोर्खा पुगेका थिए भने आज पनि जिल्ला सम्मेलनमा सहभागि हुन ताप्लेजुङ् पुगेका छन् । केहिबेरमा उद्घाटन हुने ताप्लेजुङको सभालाई अध्यक्ष प्रचण्ड, उपाध्यक्ष भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

हेलिकोप्टरमा ताप्लेजुङ पुगेका प्रधानमन्त्री भट्टराईले आज बिहान त्यहाँका सरकारी कार्यालयका प्रमुखहरुलाई भेटी उनीहरुको कामकार्वाहीका बारे जानकारी लिनु भएको थियो । यहि माघ २० गतेदेखी २५ गतेसम्म हेटौडामा महाधिवेशन गर्ने तयारी गरिरहेको एकीकृत नेकपा माओवादीले जिल्ला सम्मेलनहरुलाई तिब्र पारेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %