बिपक्षी दलको दैखेलबाट सरकार बिरोधी आन्दोलन

Read Time:1 Minute, 27 Second

काठमाण्डौ,माघ ७

बिपक्षी दलहरुले सरकार बिरोधी आन्दोलनको सुरुवात दैलेखबाट गरेका छन् । बिपक्षी दलहरुले पत्रकार सम्मेलन मार्फत आन्दोलका कार्यक्रम घोषणा गर्दे दैलेखमा बिरोध सभा समेत गरेका हुन् । बिरोधसभा अघि दैलेख सदमुकाममा बिपक्षी दलका नेता तथा कार्यकर्ताहरुले केहिबेर नारा जुलुस समेत गरेका थिए । बिरोधसभामा एमाले उपाध्यक्ष बामदेव गौतमले सत्तालिप्सामा डुबेको सरकारको राजिनामा नआएसम्म आन्दोलन जारी रहने बताउनुभयो । त्यस्तै काग्रेस नेता रामशरण महतले जनताको प्रत्यक्ष सरोकारलाई बेवास्ता गर्ने सरकार पश्चगामी र तानाशाह भएको बताउनुभयो ।  माघ २ गते बसेको बिपक्षी गठबन्धको बैठकले आजदेखि दैलेखबाट बिरोधसभाका कार्यक्रम सुरु गर्ने निर्णय बमोजीम बिरोध सभाको आयोजना गरीएको हो ।  दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा गिरफ्तारलाई अधिकतम कारबाही नगरेसम्म बिरोधका कार्यक्रम जारी राख्ने बिपक्षीको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %