देवदह क्षेत्रको विकास निर्माणका लागि राजनैतिक दल र संघसंस्थाहरु एक जुट हुनु पर्ने

Read Time:2 Minute, 42 Second

गोविन्द घर्ति रुपन्देही

माघ ७, देवदह क्षेत्रको विकास निर्माणका लागि राजनैतिक दल र संघसंस्थाहरु एक जुट हुनु पर्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । वन कार्यालयले विकास निर्माणका काममा वाधा अवरोध सृजना गरेका कारण देवदह क्षेत्रमा विकास निर्माणले फड्को मार्न नसकेको उहाहरुको भनाई रहेको छ ।  नेपाल मगर संघ देवदह गाउँ समितिले आयोजना गरेको बृहत अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह क्षेत्रको विकास निर्माणमा भएको वाधा अवरोधमा देवदहवासी गंभीर भएर लाग्नु पर्नेमा जोड दिएका थिए । वन कार्यालयले यसरी हरेक विकास निर्माणमा अवरोध सृजना गरे त्यसको प्रतिकारमा उत्र्रन सक्नु पर्नेमा जोड दिएका थिए । नेपाल मगर संघ देवदह गाउँ समितिका अध्यक्ष लाल बहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी अवधराज्य समिति सदस्य नमराज पुरी, नेपाली कांग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, देवदहका सभापति दुर्गा बहादुर राना, एमाले देवदहका पदम थापा, एकिकृत माओवादीका केशव पुन, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वर बहादुर थापा, राष्ट्रिय जनमोर्चाका हरी केसी, राप्रपाका मित्रलाल खरेल, देवदह वन सञ्जालका खेमनारायण अधिकारी, नागरिक मञ्चका यादव भूषाल, बुद्ध सामुदायिक वनका भरत तिवारी, दल बहादुर पाईजा, निरज राना लगायतले बोल्दै नेपाल मगर संघको भवन निर्माणमा अवरोध खडा गर्नु भनेको देवदह क्षेत्रको विकास निर्माणलाई चुनौती भएको बताएका थिए । सचिव गोविन्द घर्तिको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्रमा क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %