चुनाब नभए विद्रोह गर्ने प्रचण्डको चेतावनी

Read Time:1 Minute, 49 Second

 पोखरा, माघ ७

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जेठमा चुनाव नभए आफूहरु नयाँ विद्रोहमा जाने चेतावनी दिनुभएको छ । राष्ट्रपति तथा बिपक्षी दलका कारण जेठमा निर्वाचन हुने सम्भावना कम हुदै गएको भन्दै प्रचण्डले निर्बाचन नभए नयाँ विद्रोहमा जाने चेतावनी दिनुभएको हो । एकीकृत माओबादीको पाँचौ जिल्ला अधिबेशनलाई कास्कीमा उद्घाटन गर्दे अध्यक्ष प्रचण्डले आफुहरुको लचिलोपनलाई कमजोर ठाने आसन्न महाधिवेशनले विद्रोहको कार्यदिशा पारित गर्ने बताउनुभयो । प्रचण्डले प्राप्त उपलब्धिलाई सँस्थागत गर्न आफनो पार्टी लागेको भन्दै विपक्षिले भनेजस्तो आफूहरु कुनै पक्षमा पनि  कमजोर नभएको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्राईले द्वन्द्वकालका घटनालाई सत्यनिरुपण तथा मेलमिलापको आयोगबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उँहाले एक–एक गर्दै द्धन्दकालका घटनालाई उठाउन नसकिने भएकाले नै शान्ति–सम्झौताअनुसार सत्यनिरुपण आयोगबाट नै समस्या समाधान गर्नुपर्ने बताउनुभयो । भट्टराइले आयोग गठनका लागि सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपनि कांग्रेस, एमालेका कारण राष्ट्रपतिले स्विकृत नगरेको आरोप लगाउनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %