देब पचभैया पाल्पा
माघ ६,पाल्पाको रामपुरबजार तनाव ग्रस्त बनेपछि स्थितीलाई नियन्त्रणमा लिन स्थानीय प्रसासनले दिउसो ३ बजेदेखि अनिस्चितकालका लागि कर्फ्यु आदेश जारी गरेपछि रामपु्को अबस्था सामान्य बनेको छ । मृत अवस्थमा फेला परेकी पाल्पा रामपुर ५ की २७ वर्षिया सोनु खनाल श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै आफन्तले गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले कफ्यु आदेश जारी गरेको थियो । पुर्वमा रामपुर गाविसको ठूलो टोल, पश्चिममा हुलाक टोल, उत्तरमा मटेरी र दक्षिणमा सुन्दरटोल सम्म कर्फुय जारी गरिएको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलि लागि रामपुर १ का तारा श्रेष्ठ घाइते भएका छन् । उनको दायाँ खुट्टामा गालि लागेको छ । प्रर्दशनका क्रममा भएको झडपमा प्रहरी र प्रदर्शनकारी गरि एक दर्जनमा बडी घाईते भएका छन् ।
प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीले ६० राउण्ड हवाइ फायर र २० सेल भन्दा बढी अश्रु ग्यास समेत प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय पाल्पा, क्षेत्रीय प्रहरी कार्यालय पोखरा र बुटवल प्रहरी कार्यालयबाट थप प्रहरी टोली रामपुर पठाइएको छ । पोखराबाट एसपिको कमाण्डमा ५५ जनाको टोलि रामपुरतर्फ प्रस्थान गरेको छ । सोनुको हत्या उनका श्रीमान ओम प्रसाद श्रेष्ठले गरेको भन्दै आफन्तले कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा तोडफोड र ढुङ्गामुढा गरेपछि स्थितीलाई नियन्त्रणमा लिन कर्फुय जारी गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । पुस ४ गते देखि बेपत्ता श्रेष्ठ हिजो मृत अवस्थमा फेला परेपछि उनका आफन्त आक्रोसित बनेका हुन् ।
सोनु कि दिदि निर्मला कुवँरले प्रहरीमा तीन पटक जाहेरी दिदा पनि प्रहरीले अनुसन्धान फितलो गरेको आरोप लगाउनु भयो । प्रहरीले सोनुका श्रीमान सगँ रकम दिएर अनुसन्धान अगाडि नबढाएको आफन्तले आरोप लगाएका छन् । पुस ४ गते बेपत्ता भएकी श्रेष्ठको शब हिजो करिव ११ बजे रामपुर १ ज्याग्दीमा पर्ने कालीगण्डकी नदिको किनारमा बोरा भित्र फेला परेको थियो । बोरामा पोको पारेर ढुङगा समेत राखी फालिएको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सदरमुकान तानसेन देखि ७५ किलोमिटर पूर्वको दुरीमा रामपुर बजार पर्दछ ।
स्थानिय र राजनितिक दलको आपती
यसै बिच बिना जानकारी स्थानिय प्रशासनले कफर्यु आदेश जारी गरेको भन्दै स्थानीय बासी र जिल्लाका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । विना माईकिङ् र विना जानकारी कर्फ्रयु लगाएको भन्दै स्थानीय बासीले आक्रोस पोखेका छन् भने जिल्लाका राजनीतिक दलहरुले विज्ञप्ती मार्फत कफर्यु जारी गरेको प्रति आपत्ति जनाएका छन् ।घटनका विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । शवको आइतबारनै पोष्टमाटम गरिएको छ । एकदुई दिनमा रिर्पोट आउनु प्रहरी जनाएको छ । ओम प्रसाद श्रेष्ठका दुई श्रीमती मध्ये मृतक तर्फ एक सन्तान रहेको छ ।
