लिखित जवाफ सहित अदालतमा उपस्थित हुन प्रधानमन्त्री र महान्यायाधिवक्तालाई सर्वोच्चको आदेश

Read Time:2 Minute, 5 Second

 काठमाण्डौ, माघ ६

सर्वोच्च अदालतले दैलेखका पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तको अनुसन्धान रोक्न निर्देशन दिने प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई लिखित जवाफ सहित सात दिनभित्र अदालतमा स्वयं उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश सुशीला कार्कीको एकल इजलासले अदालतको अवहेलना गरी हत्याको अनुसन्धान रोकेको भन्दै लिखित जवाफका साथ उपस्थित हुन आदेश दिएको हो । डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाल प्रेस युनियनको तर्फबाट अधिवक्ता कमल प्रसाल इटानी र सन्तोष न्यौपानेले मंगलबार भट्टराई, प्रधानलगायत ६ जनाविरुद्ध अपहेलना रिट दायर गर्नुभएको थियो । अपहेलना मुद्दामा अदालत उपस्थित हुन प्रधानमन्त्री भट्टराईलाई सर्वोच्चले दिइको यो दोस्रो आदेश हो । अपहेलना मुद्दामा अदालत उपस्थित हुने भट्टराई नेपालको इतिहासमै पहिलो प्रधानमन्त्री हुनुहुन्छ । आदेशमा गृहमन्त्री विजयकुमार गच्छादार, प्रहरी महानिरीक्षक कु“वेर सिंह राना, जिल्ला प्रहरी कार्यालय दैखेलका प्रमुख शारदाप्रसाद चौधरी र जिल्ला न्यायाधिवक्ता डम्बर काफ्लेलाई पनि सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । पुनरावेदन अदालत सुर्खेतमा विचारधिन रहेको मुद्दामा हस्तक्षेप गरेको भन्दै अपहेलन मुद्दा दायर भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %