माओबादी ब्यतिगत स्वार्थमा लागे :पौडेल

Read Time:1 Minute, 20 Second

 काठमाण्डौ,माघ ६

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले हिजो समानताको कुरा गर्ने पार्टी आज व्यक्तिगत स्वर्थमा लागेको आरोप लगाउनुभयो । एकिकृत माओवादी प्रति लक्षित गर्दै उहाँले जनताकोलागी भन्दै शोषण, दमनको विरुद्धमा अन्दोलन गर्छु भन्ने आज भ्रष्टाचार र दण्डहीनताको प्रतिक भएको बताउनुभएको हो । लोकतान्त्रिक गैर सरकारी संस्था महासंघले राजधानीमा गरेको कार्यक्रममा पौडेलले जनता प्रजातान्त्रिक तवरले सूसुचित नहुँद अहिलेको अराजकपूर्ण स्थिति आएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य विमलेन्द्र निधिले वर्तमान सरकारले अपराधीलाई संरक्षण दिएर दण्डहिनता बढाएको उल्लेख गर्नुभयो । हालको सरकार पूर्णतया काम नलाग्ने अवस्थामा पुगिसकेको जिकिर गर्दै निधिले युरोपियन युनियन समेतले चेतावनी दिनु लज्जास्पद भएको बताउनुभयो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %