दीपा आले नेपालगन्ज
माघ ६ गते, नेपाली कांग्रेसका वरिष्ठ नेता एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान बाबुराम भटराईको सरकारले राजीनामा नदिदा सम्म देशले निकास नपाउने बताउनुभयो । आज नेपाल प्रेस युनियन बांके शाखाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता देउवाले सो कुरा बताउनु भएको हो । दांगमा नेपाल महिला संघको अञ्चलस्तरीय सम्मेलनमा आउनु भएका नेता देउवाले भन्नु भयो पहिला उम्मेदवार देउ भनेर माग्ने उम्मेदवार दिएपछि भांजो हाल्ने । माओवादीले खुल्ला रुपमै कांगे्रसले उम्मेदवार तोकेमा सहमति हुने भनेकोले सभापति कोइरालालाई प्रधानमन्त्री बनाउने भनेपछि फेरी कुरा बदल्यो । उहाले सहमतिको विकल्प नभएको भन्दै एकिकृत माओवादीले कुरा फेर्दै आएकोमा सहमति हुनकोलागि कठिनाइ हुदै गएको दावी गर्नु भयो । पत्रकारहरुले सोधेको प्रश्नलाई उत्तर दिर्दै पूर्व प्रधानमन्त्री देउवाले पार्टीभित्र कुनै विवाद नभएको र तल्लोतहसम्म विवाद मिलिसकेको भन्दै उहाले कुरा मिलेर नै आफूहरुले सुशिलजीलाई सर्वसम्मत प्रधानमन्त्रीमा प्रसताव अघि सारेको बताउनु भयो ।
