बाबुरामको सरकार ज्ञानेन्द्रको जस्तै : काग्रेस नेता जोसी

Read Time:2 Minute, 50 Second

देब पचभैया पाल्पा ६ माघ

नेपाली कागं्रेसका केन्द्रिय सदस्य एवं विधार्थी फाँटका प्रमुख नविन्द्रराज जोशीले निर्वाचनको सुनिश्चितताको  लागी प्रतिपक्षहरु आन्दोलन उत्रिएको बताउनुभएको छ । नेपाल प्रेश युनियन पाल्पाले आज बिहान तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य जोशीले संविधानसभाको विघटन गरेर चुनाव घोषणा गरेको सरकारले चुनाव पनि गर्न नसकेको कारण, सहमतिय सरकारको गठन गरेर चुनावको सुनिश्चितताको लागी प्रतिपक्षहरुले आन्दोलन शुरु गरेको बताउनुभएको हो ।

एकिकृत नेकपा माओवादी र यो सरकारले सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई अल्मलाउने र अनन्त कालसम्म सत्ता लम्वाउने रणनिति अख्तियारी गरेको कारण लातको भुत बातले मान्दैन लात नै चाहिन्छ भन्ने ठहर प्रतिपक्षले गरेको र  आन्दोलनमा उत्रिएको उहाको भनाई छ । जोशीले अहिलेको सरकार विघटन नहुदासम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।

पुर्व राजा ज्ञानेन्द्र र वावुरामको शासन शैली एउटै भएको बताउदै केन्द्रिय सदस्य जोशी सत्तापक्षले आन्दोलन गर्नु भनेको पञ्चातका मण्डलेहरु सत्ता बचाउन गुण्डाहरुको प्रयोग गरेजस्तै भएको आरोप लगाउनुभयो । मधशबादी दलहरु  मधेशी  जनताको लागी नभई सत्तामा बस्नको लागी मात्र राजनिति गरेको आरोप लगाउदै नेता जोसीले उनीहरु माओवादी सर्वसत्तावादको गोटीको रुपमा प्रयोग भईरहेको आरोप लगाउनुभयो ।

अहिलेको सरकार रहेसम्म लोकतन्त्र र गणतन्त्र पनि खतरामा परिरहने भन्दै उहाले जिउदै मानिस लाई खाल्टोमा पुर्ने अपराधीहरुलाई जोगाउने सरकारलाई विश्वले पनि नेपालमा कानुनी राज्य नभई हुकुमी शासनको महशुस गर्न थालेको जोसीको भनाई छ । ईतिहासमा सबैभन्दा भ्रष्ट, अनैतिक, दण्डहिनता, राष्ट्रघाति, मानवताविरोधी  सरकारको रुपमा बाबुरामको सरकार परिचित भएको नेता जोशीले आरोप लगाउनसभयो ।  नेबिसंघ पाल्पाको जिल्ला अधिबेशनको लागी जोसी तानसेन आउनुभएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %