पाल्पा, माघ ६, पाल्पा लगाएत देशै भरी शुक्रबार देखि असिना सहीत पानी परेको छ । पानी परेपछि मौसम पनि चिसो भएको छ । पश्चिमी मौसम पुर्वजाने क्रममा पानी परेको हो । पानी परेपछि सुदुरपश्चिमका पहाडी जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै जनजिवजन प्रभाबित हुन थालेको छ । पानीको अभाबका कारण सुक्न थालेको गहुँ र तोरीका लागि भने पानी परेपछि राहत पुगेको छ । यस्तै, धौलागीरी अञ्चलका विभिन्न भागमा हिमपात भएको छ । म्याग्दी, बाग्लुङ र मुस्ताङका उपल्लो भेगमा हिमपात भएको हो ।
नेपालमा पानी पर्यो
Read Time:50 Second
