‘दण्ड हिनता अन्त गर, पत्रकार हत्या र वेपत्ता पार्ने कार्यमा संलग्न दोषीलाई कारवाही गर’

Read Time:2 Minute, 13 Second

गोविन्द घर्ति रुपन्देही

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मोहन चापागाईले पत्रकारहरुका हत्याराहरुलाई कारवाही नगरी पत्रकारहरुलाई आन्दोलन गर्न बाध्य गराइएको बताउनु भएको छ । प्रेश चौतारी नेपाल रुपन्देही जिल्ला द्धारा बुटवलमा रहेको इलाका प्रशासन कार्यालय घेराउ कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । केन्द्रिय सदस्य चापागाईले कानुनको रक्षकको रुपमा रहेको महान्यायधिवक्ताले पत्रकारका हत्याराको बयान रोक्न दिएको दवाव प्रति खेद् प्रकट गर्नु भयो । कार्यक्रममा बोल्दै प्रेश चौतारी नेपालका केन्द्रिय सदस्य दिनेश पाण्डेले पत्रकारहरुलाई धम्की दिने भाषा प्रधानमन्त्रीले नबोल्न आग्रह गर्नु भयो । प्रेश चौतारी नेपाल रुपन्देही शाखाका अध्यक्ष प्रदिप आचार्यको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा शान्ती समाजका गोविन्द खनाल ,इन्सेक रुपन्देहीका अमृत गिरी, आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष भिम गुरुङ, क्रान्तीकारी पत्रकार संघका यानेन्द्र जिशी, प्रेश युनियनका रामराज पोख्रेल ,प्रेश चौतारीका पुर्व केन्दं्रीय सदस्य शेर बहादुर केशी लगायतले बोल्दै आन्दोलन प्रति ऐक्यबद्धता जनाएका थिए । ‘दण्ड हिनता अन्त गर पत्रकार हत्या र वेपत्ता पार्ने कार्यमा संलग्न दोषीलाई कारवाही गर’ भन्ने नाराका साथ बुटवल इलाका प्रशासन कार्यलय परिशरमा मुखमा कालो पट्टी बाँधी पत्रकारहरुले धर्ना दिएका थिए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %