सरकार पनि सडकमा

Read Time:1 Minute, 1 Second

काठमाण्डौ,माघ ५,सरकार समर्थित दलहरुको गठबन्धन संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको सचिववालयले माघ १७ गते काठमाण्डौमा बृहत जनजागरण सभा गर्ने भएको छ । विपक्षीहरुले सरकार विरुद्ध आन्दोलन घोषणा गरेका वेला गठबन्धको सचिवालयले जनजागरण सभा गर्ने निर्णय गरेको हो । एकिकृत माओबादीका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा आज बिहान बसेको सचिवालय बैठकले ७५ ओटै जिल्लाका स्थानीय निकायसम्म गठबन्धनको सञ्जाल विस्तार गर्ने नर्णय गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । सचिवालयको निर्णयलाई भोली बस्ने गठबन्धनको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा लैजाने चौधरीले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %