रुपन्देही माघ ५,सिद्धार्थनगर नगरपालिका रुपन्देहिले आर्थिक बर्ष २०७०- ७१ का लागी बजेट, नीति तथा योजना सार्बजनिक गरेको छ । १६ औं नगर परीषदबाट पारीत बजेटलाई बिहीबार सञ्चारकर्मि माझ सार्बजनिक गर्दै सिद्धार्थनगर नगर पालिकाका कार्यकारी प्रमुख टिका दत्त राईले वडा स्तरबाट प्राथमिकतामा प्राप्त गरी आएको योजनाहरुलाई समाबेश गरिएको जनाउदै सबै वडाहरुमा कम्तिमा २० लाख र बढीमा ३३ लाख सम्मको योजना समाबेश भएको बताउनु भयो । सिद्धार्थनगर नगर पालिकाले उक्त आर्थिक बर्षलाई कुल २७ करोड ४१ लाख २० हजारको बजेट सार्बजनिक गरेको छ । जस्मा आय तर्फ आन्तरीकमा ४ करोड ८८ लाख ९२ हजार पाँच सय र बाह्य तर्फ आईयुडिपीको अनुदान सहीत २२ करोड ५२ लाख २७ हजार पाँच सय गरी २७ करोड ४१ लख २० रहेको छ । त्यस्तै गरी खर्च तर्फ बिकाश निर्माणमा २० करोड ३८ लाख ५७ हजार पाँच सय तथा सञ्चालन खर्च ७ करोड २ लाख ६२ हजार पाँच सय रहेको कार्यकारी प्रमुख टिकादत्त राईले बताउनु भयो ।
रुपन्देहीको बजेट कति ?
Read Time:1 Minute, 32 Second
