बिपक्षीदलमा आबद्ध संगठनहरुको आन्दोलन कता ?

Read Time:2 Minute, 19 Second

 काठमाण्डौ,माघ ५

विपक्षी दल सम्बद्ध आठ विद्यार्थी संगठनहरुले सरकारको कामकारबाहीको बिरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।  आज राजधानीमा बसेको आठ बिद्यार्थी संगठनको बैठकले पत्रकार डेकेन्द्रको हत्याको विरोधमा माघ ६ गते दैलेखमा विरोध सभा गर्ने, पच्चहत्तरै जिल्लामा संयुक्त रुपमा आन्दोलनको तयारी गर्न निर्देशन दिने निर्णय गरेको हो । त्यस्तै माघ ९ गते प्रदर्शनीमार्गबाट संयुक्त प्रदर्शन गर्ने, माघ ११  गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्नुको साथै दोश्रो चरणको आन्दोलनको घोषणा गर्ने नेविसघंका प्रवक्ता युपि लामिछानेले जानकारी गराउनुभयो ।

यसैविच नेपाली काँग्रेसका भातृ संगठनहरुले महिला हिसांको घटनाका विषयमा उठेको सवालमा सरकार उदासिन भएको तथा पत्रकार हत्याको घटनाको छानविन रोक्ने आदेश दिएको विरोधमा आज जुलुस प्रर्दशन गरेका छन् । उनीहरुले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार असंवैधानिक मात्र नभई अमानविय पनि भएको आरोप लगाएका हुन् ।

प्रर्दशनमा काँग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघ, तरुण दल तथा महिला संघले पत्रकारका हत्यारालाई कारवाही गर्न तथा महिला हिसांका घटनाका आरोपीलाई तत्काल कारवाही गर्न माग गर्दै नारबाजी गरेका थिए । जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका अध्यक्ष उदयशमसेर राणा, महिला संघकी अध्यक्ष डिला संग्रौला लगायतले एकीकृत नेकपा माअ‍ोवादीको गठबन्धन सरकार अधिनायकता लाद्न, लोकतन्त्र र नागरिक अधिकारको बर्खिलाप लागेको आरोप लगाउनुभयो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %