बारमा मिश्रित परिणाम

Read Time:1 Minute, 33 Second

काठमाण्डौ,माघ ५ , कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको मिश्रित नयाँ कार्यसमिति निर्माण भएको छ। १७ सदस्यीय कार्यासमितिमा अध्यक्ष सहित ९ जना प्रगतिशिल प्यानलका र  उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित पाँच सदस्य लोकतान्त्रीक प्यानलका उमेदवार विजयी भएका छन । अध्यक्षमा प्रगतिशिल प्यानलका हरिकृष्ण कार्कीले लोकतान्त्रीक प्यानलका शेरवहादुर केसीलाई ७५ मतले पछाडी पार्दै विजयी हुनुभएको हो । प्रगतिशिल प्यानलका तर्फबाट विजयी हुने उपाध्यक्षहरुमा मध्यमाञ्चलबाट टिकाराम भट्टराई, पश्चिमाञ्चलबाट अनिता गुरुड, मध्य पश्चिमबाट पदमप्रसाद बैदिक र सुदुरपश्चिमबाट राजेन्द्रप्रसाद साउद रहनुभएको छ । त्यसैगरी लोकतान्त्रीकको तर्फबाट विजयी हुनेहरुमा पुर्वाच्चलका उपाध्य जनक पाण्डे, महासचिव सुनिलकुमार पोख्रेल र कोषाध्यक्षमा मोहन ईङनाम रहनुभएको छ। वारको नयाँ नेतृत्वका लागी गएको शनिवार देशभरका ३३ ओटा मतदान केन्द्र मार्फत निर्वाचन भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %