प्रधानमन्त्री र महान्यायाधिबतl माथि सर्बोचमा रिट

Read Time:3 Minute, 21 Second

 काठमाण्डौ माघ १, पत्रकार डेकेन्द्र थापाको हत्यारा उपरको कानुनी कार्वाही प्रभावित गर्ने प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधान बिरुद्ध सर्बोच्च अदालतमा छुट्टाछुट्टै रीट दायर भएको छ । हत्यामा संलग्नमाथिको अनुसन्धानलाई अनाधिकृत रूपमा हस्तक्षेप गरेको भन्दै अधिकारकर्मी गाविन्द बन्दीले रिट दायर गर्नुभएको हो । रिटमा महान्यायाधिवक्तले पठाएको पत्र बदर गर्न उत्पे्रषण आदेशको माग गरिएको छ । अनुसन्धामाथि हस्तक्षेप नगर्न माग गरिएको मानवधिकारवादी सुबोध प्याकुरेलले जानकारी दिनुभयो । अनुसन्धानमाथि क्षेत्राधिकार बाहिर गएर हस्तक्षेप गरेकाले रिट दायर गर्नुपरेको प्याकुरेलले बताउनुभयो । रिटमाथि मंगलबार सुनुवाई हु“दैछ । त्यस्तै नेपाल प्रेस यूनियन र डेमोक्रेटीक लयर्स एशोसियसनका तर्फबाट संयुक्त रुपमा दायर गरेको रीटमा पत्रकार थापाको हत्याको अभियुक्तलाई पक्राउ गरेर शुरु भएको कार्वाही रोक्न महान्याधिवक्ता कार्यालयले गरेको निर्णय बिरुद्ध उपयुक्त आदेशको माग गरिएको छ । पुनरावेदन अदालत सुर्खेतले डेकेन्द्र थापाको हत्याको कानुनी प्रक्रिया अगाडी बढाउन आदेश दिएपछि स्थानिय प्रशासनले शुरु गरेको कार्वाही प्रक्रियालाई वाधा र्पुयाउने कार्यले अदालतको मानहानी गरेको ठहर रीटमा गरिएको छ । नेपाल प्रेस यूनियनका सचिव सन्तोष न्यौपाने र डेमोक्रेटीक लयर्स एशोसियसनका केन्द्रिय सदस्य कमल प्रसाद इटनीले आज संयुक्त रुपमा रीट दायर गर्नुभएको हो । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नहरुलाई जोगाउन कानुन विपरीत आदेश दिएको भन्दै प्रधानमन्त्री वावुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ती प्रधान विरुद्ध आज पनि देशभरी प्रदर्शन भईरहेको छ। नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगाएतले मुलुकभर आन्दोलनलाई जारी राखेका हुन् । यस्तै नेपाल विद्यार्थी सँघले पनि पत्रकारहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउदै राजधानीमा रहेको विश्वभाषा क्याम्पसबाट कृयापुत्री जुलुस निकालेको छ । विश्वभाषा क्याम्पसबाट शुरु भएको जुलुस पुतलीसडक चोकमा पुगी कोष सभामा परिणत भएका थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %