काठमाण्ठौ,माघ १ ,एकीकृत नेकपा माओवादी केन्द्रिय कार्यालयले महाधिवेशन कार्यविधि पारित गरेको छ । पार्टी केन्द्रिय कार्यालय कोटोश्वर पेरिसडाडामा आज बसेको केन्द्रिय कार्यालयको बैठकले महाधिवेशन आयोजक समितिको बैठकमा आएका सुझावलाई समेट्दै कार्यविधि पारित गरेको हो । बैठकपछि नेता पोष्टबहादुर बोगटीले महाधिवेशन आयोजक समितिको बैठकबाट आएका सुझावलाई समट्दै कार्यविधि पारित गरिएको जानकारी दिनुभयो । हिजो सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकमा कार्यविधिबारे छलफल भएको थियो । एकीकृत नेकपा माओवादीको महाधिवेशन आगामी माघ २० गतेदेखि हेटौडामा सुरु हुदै छ ।
माओबादीको कार्यबिधि पारित
Read Time:1 Minute, 1 Second
