बुटवल, माघ १, नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको दुधराक्ष देवापारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा स्त्री रोग,नशा तथा बाथ,दांत र फिजिसियन गरी चारसय जना विरामीले स्वास्थ्य परीक्षण गराएका थिए । संघकी जिल्ला अध्यक्ष शकुन्तला पुनको अध्यक्षता, रेडियो समावेशी संचालक समितिका अध्यक्ष प्रकाश रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राना,अध्यक्ष पुन, समाजसेवी यदुनाथ ज्ञवाली,रेडियो समावेशीका महासचिव गोबिन्द पुन, मनोज आले,तिर्सना थापा, लगायतले बोल्नुभएको थियो ।
निशुल्क शिविर सम्पन्न
Read Time:58 Second
