जनजाति महासंघका अध्यक्षका कुरा

Read Time:1 Minute, 0 Second

नवलपरासी,माघ १, आदिवासी जनजाती महासंघ अध्यक्ष राजकुमार लेखीले चार दलको नेताहरुका कारण देश अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभएको छ । नवलपरासीको जमुनिया ८ चौपत्तामा आजबाट शुरु भएको  सातौं खिचडी महोत्सवमा आउनु भएका लेखीले सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै चारदलका नेताका साथै प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रपति डा. रामवरण यादवकै कारण देश अनिर्णयको बन्दी भएको आरोप लगाउनुभएको हो ।ठूला दलहरुले चाहेको भए संविधान सभा विगठन पछिको यो आठ महिनाको अवधिमा पनि सहमति भइसक्ने लेखीको ठहर थियो । उहांले जनतालाई अधिकार दिन नचाहाने एकात्मक सत्ता चाहनेहरुको कारण पनि अझै सहमति नजुटेको बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %