माओवादी संविधानसभाको पुनःस्थापना तिर

Read Time:1 Minute, 11 Second

 राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको नवौ पटकको सयम सीमा पनि सहमति जुट्ने नदेखे पछि एमाओवादी संविधानसभाको पुनःस्थापनाका लागि पहल गर्न जुटेको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको नेतृत्व स्वीकार गर्न नसक्ने जनाउदै १ माघसम्म सहमति कायम हुन नसके आफूहरु संविधानसभाको पुनःस्थापनाको बाटोमा लाग्ने बताएका छन् । यता माओवादीले सहमतिका लागि नयाँ सर्त तेस्याउन थालेको भन्दै प्रतिपक्ष दलहरु भने माओवादीको सत्ता लम्वाउन खेल विरुद्ध सडक संघर्षमा उत्रिने बताएका छन् । राष्ट्रपतिले दिएको नवौ पटकको समयमा पनि दलहरु सहमति जुटाउन अग्रसर देखिएका छैनन् । दलहरु बीच पछिल्लो समयमा वैठक र छलफल समेत पातलो बन्दै गएको छ । यो अवधिमा पनि सहमति नजुट्ने निश्चित जस्तै बनिसकेको छ ।

 राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %