पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न आरोपित माथि मुद्धा नचलाउन महान्यायधिवक्ता तथा प्रधानमन्त्रीले ठाडो हस्तपेक्ष गरे पछि घटनाको छानविन गर्न पत्रकार महासंघको मिसन टोली दैलेख पुगेको छ । टोलीले स्थानिय बासिन्दासंग छलफल गरि घटनाको सत्य तथ्य बाहिर ल्याउने छ । घटनामा संलग्नलाई प्रहरीले पक्राउ पछि मुद्धा चलाउने तयार गरे पछि मुद्धा नचलाउन महान्यायधिवक्ता मुक्ति प्रधानले सरकारी वकिल कार्यालयमा लिखित पत्राचार गरेका थिए । प्रधानमन्त्री बाबुराम भट्टराईले पनि आफ्ना कार्यकर्ता माथि मुद्धा नचलाउन दबाव दिएका थिए । पत्रकार थापाको द्वन्द्वकालमा माओवादीले वेपता बनाएर हत्या गरेका थिए । प्रधानमन्त्री र महान्यायधिवक्ताद्धारा पत्रकार थापाका हत्यारालाई उन्मुक्ति दिन खोजे पछि त्यसको सर्वत्र विरोध भैरहेको छ ।
राज्यसत्ता नेपाल व्युरो
