बाँके जिल्लामा सूचनाको हकसम्बन्धी कार्यक्रम सञ्चालन

Read Time:1 Minute, 48 Second

दीपा आले नेपालगञ्ज २८, पुस: सूचनाको हक अभियानका सञ्चालन गरिरहेको सूचनाको हक सबैका लागि अभियानले आज भेरी वृद्धाश्रम नेपालगञ्जमा रहेका वृद्धवृद्धासँग छलफल तथा खाना खुवाएको छ । बाँके जिल्लामा सूचनाको हक सम्बन्धी कार्य गर्न गठन भएको अभियानले अभियानको सुरुवात र पछिल्लो समयमा बढेको हिंसाका घटनाहरुको सांकेतिक विरोधस्वरुप उक्त कार्यक्रम गरेको हो । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरु पनि कुनै न कुनै हिंसामा पीडित भएर वृद्धाश्रममा पुगेको हुनाले उहाँहरुसँग छलफल गर्न कार्यक्रमको आयोजना गरिएको अभियानकर्मी बिशाल रानामगरले बताउनुभयो । महिला हिंसा विरुद्ध देशभर चलेको अकुपाई बालुवाटार अभियानलाई ऐक्यवद्धता जनाउँदै कार्यक्रमको आयोजना गरिएको उहाले जानकारी दिनुभयो । कार्यक्रममा अभियानका तर्फबाट बिशाल रानामगर, सुरेन्द्र कार्कि, पुष्पाञ्जली मल्ल शाह, हरि जंग शाही, सञ्चारकर्मी दिपा आलेमगर, रेखा श्रेष्ठ कार्की, किरण ढकाल सहभागी रहनुभएको थियो । कार्यक्रममा वृद्धाश्रममा रहेका सात जना वृद्धवृद्धालाई फलफुल तथा खाना प्रदान गरिएको थियो । अभियानले बाँके जिल्लामा सूचनाको हकसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %