दाईको हत्या आफ्नै भाईले गरेको खुलासा, हत्यामा संलग्न ४ जना पक्राउ

Read Time:3 Minute, 3 Second

देब पचभैया,पाल्पा पौष २८

सोमबार रातीदेखि घरबाटै बेपक्ता भएका तानसेन, ११ बाख्खोरका २५ बर्षिय सुदीप कोईरालाको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पका्रउ गरेको छ । हत्यामा संलग्न मध्ये  सुदिपका आफ्नै भाई २३ बर्षिय सुजन पनि छन् । उनीहरुले कोठामै सुदिपलाई खुकुरी प्रहरी गरी मारेको र बिस्तारमा पोको पारेर  गाडीमा राखी शब फालेको खुल्न आएको पाल्पाका प्रहरी नायब उपरिक्षक स्थानेश्वर रेग्मीले जानकारी दिनुभएको छ । ४ जना पक्राउ परेका मध्ये उनकै भाई पनि छन्, प्रहरी नायब उपरिक्षक रेग्मीले भन्नुभयो किन घटना घटाए भन्ने बारे अनुसन्धान भैरहेको छ । सुदिप कोईरालाको शब  आज बिहान हत्या गरी पाल्पाको केराबारी र चर्चरेको बिचमा पर्ने भिरमा फालिएको अबस्थामा फेला परेको थियो । घटना भएको दिन सुदिप र भाई सुजन घरको तल्लो तलामा र  बुवा आमा माथिल्लो तलामा सुतेका थिए । सुदिप अपहरण भएको भन्दै खोजबिन गरिदिन उनका आमा, बाबु र परिवारले सबै संग आग्रह गरेका थिए । कोईरालालाई घरमा सुतेको अवस्थामा उठाएर लगिएको परिवारले बताएका थिए ।  सुदीप सुत्ने बिस्तराको तन्ना, विच्छ्याउने अर्को कपडा र सिरकको खोल पनि हत्यारहरुले लगेका थिए । सुदिपको शब आज बिस्तारा र पलास्टीकले पोको पारेको अबस्थामा फेला परेको थियो । उनको शब जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिएको छ । सिद्धार्थ रागमार्गको प्रभासदेखि तीन किलोमिटर टाढा रहेको उनको घर नजिकै चौरमा उनी हराएको अघिल्लो दिन रगतको धब्बासमेत भेटिएको थियो । सुदिपको आमाले आफुहरु सुतेको बेला मध्यरातमा बाहिर बाट सुदिप भन्दै कसैले बोलाएको र सुदिप कोठा बाट निश्किएको बताउनुभएको थियो । साथीहरुले बोलाएका होलान भन्दै आफुहरुले वास्ता नगरेको तर सुदिप त्यसपछि घरमा नफर्किएको उहाले जानकारी दिनुभएको थियो । भाई सुजन र जेठा दाजु बुटवलमा व्यापार व्यवसाय गरि बस्ने र अपहरणमा पछि हत्या गरिएका सुदीप घरमै आमाबुबा संग बस्दै आएका थिए । केही दिन पछि मात्रै बिदेश जाने तयारी गरेका सुदीपको अपहरणर पछि हत्या भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %