बुटवल २८ पौष, रुपन्देहीको टिकुलीगढ गाविसमा पनि आदिवासी जनजातिका लागि छुट्याइएको बजेट सडक निर्माण कार्यमा खर्च भएको भन्दैं त्यसो नगर्न गाविस सचिवलाई ध्यानाकर्षण गराइएको छ । नेपाल सरकार अन्तरगत आदिवासी जनजाति जिल्ला समन्वय समिति,रुपन्देहीद्धारा गाउं, नगर समितिको अनुगमन गर्ने क्रममा टिकुलीगढ पुगेको टोलीले सचिव विनोद ज्ञवालीलाई उक्त ध्यानाकर्षण गराएका हुंन् । कार्यक्रममा बोल्दैं सचिवले अवका दिनमा आदिवासी जनजातिका लागि छुट्याइएको बजेट निर्माण कार्यमा खर्च नगर्ने पतिवद्धता जनाउंनु भयो । गाविस सचव ज्ञवालीको अध्यक्षता,समितिका सदस्य बिरबहादुर गर्वुजाको संचालनमा भएको कार्यक्रममा समितिका उपाध्यक्ष धनबहादुर गुरुङ,जिविस,रुपन्देहीका सामाजिक अधिकृत दुर्गाप्रसाद श्रेष्ठ,महासंघ टिकुलीगढ गाउं परिषद्का पूर्व सचिव राजेन्द्र गुरुङ,गौमति पुन,नरजंग गुरुङ लगायतले आदिवासी जनजातिका लागि छुट्याइएको बजेट सडक निर्माणमा खर्च गर्न नहुंनेमा जोड दिएका थिए । यस्तै अनुगमन टोलीले आजैं आनन्दवन गाविसमा पनि अनुगमन गरिएको छ । गाविस सचिव घनश्याम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जनजाति महासंघ आनन्दवन गाउं परिषद्का अध्यक्ष माथवरसिंह सलामी,मगर हाङ परिषद्,रुपन्देहीका अध्यक्ष छत्र दर्लामी लगायतले बोल्नु भएको थियो
