एक छिन विक्षिप्त बनायो !

Read Time:4 Minute, 1 Second

 बिहान सखारै देखि  बेतोड़को हावा -हुन्डरि अनि अबिरल बर्षाका कारण आजको काम नै स्थगन गर्नु परयो l त्यही भएर आज अन्य दिनहरू भन्दा समय मनग्य मिल्यो मेरो आफ्नो लागी l एक दिन भएपनि जिउलाई आरामको महसुस पनि भयो l सधै काम सकेर फर्के पछि हतार हतार Laptop  खोलेर  हाम्रो देशको पछिल्लो ताजा घटनाक्रम बारे बुझने गरे पनि आज अलि बेसी नै हाम्रो देशको बिग्रदै र भत्कदै गरेको स्थितिको  सुरूंग भित्र घोत्लिन मन लाग्यो l

आ-आफ्नो राजनितिक स्वार्थ र अहंका कारण देशलाई अत्यन्त नाजुक र दर्दनाक अवस्थामा पुरयाउदा पनि हाम्रा बेशरम र नैतिकहीन नेताहरुलाई अलिकति पनि लज्जाबोध र पश्चताप भएको देखिदैन बरु उल्टो एक अर्कालाई दोषारोपण गर्दै सहमतिको रटान दिएर थाकेका छैनन l अन्तत: जति नै बाद-प्रतिबाद गरेतापनि देशलाई यो समस्याको जंजालबाट मुक्ति दिन एउटा सहमतिको बिन्दुमा ढिलो-चाडो पुग्नु पर्ने नै हुन्छ l

यती खेर महिला हिंसा र महिला हिंसा बिरुद्द जनचेतनाको जनउभार देशै भर उर्लेको छ तर पनि महिला हिंसाको घटना मा खासै कमी आएको देखिदैन l आखिर यसको कारण राज्य संयन्त्रको नियम कानून फितलो हुनु र अनि पीडकलाई राजनितिक आड़ अनि कानूनलाई नै पैसामा किनबेच गर्ने फोहरी प्रबृतिले महिला हिंसाका अपराधीलाई झनै आत्मबल मिलेको देखिन्छ l

यसको ज्वलन्त उदहारण यही पुष 12 गते हेटौडामा  12 बर्षीय बालिकामाथि भएको घटनालाई अदालतमा पेश गर्दा 18 बर्ष बनाएर पेश गरिएको छ जसले गर्दा पीडकले आठ देखि 12 बर्ष सम्म सजाय पाउनु पर्नेमा बालिकाको उमेर बढ़ाइएको कारण केवल पाच बर्ष जेल सजाय पाउने भएको छ l हाम्रो देशको सबै भन्दा दुखदायी बिडम्बना यही नै छ ,जसको शक्ति र पहुँच छ त्यसले जस्तोसुकै अपराध गरेपनि कानूनको सिकन्जाबाट सजिलै उम्कन सक्दछ l गरिब र असहायहरु अनेकौ अन्याय र ब्यभिचार सहेर बाच्न बाध्य छन तसर्थ यो असमानतालाई अन्त्य गर्न सही राज्य ब्यवस्था र कानूनको आवश्यकता नेपालमा टडकारो छ नै l  

महिला हिंसा बढ़ी रहेको बेला र यसका बिरुद्द आवाज चौतर्फी उठी रहेकोबेला काठमांडूमा एक यांग्जी भन्ने महिलाले  हत्यारालाई पैसा दिइ आफ्नै लोग्नेको हत्या गराएकाछन l भलै यस्ता घटना  हाम्रो समाजमा बिरलै सुन्ने र देख्ने गर्दछौ l 2058 सालमा प्रेम बिबाह गरेका फुदोर्ची र  यांग्जीले प्रेमी बनाएको कारण आफ्नै जीवन साथीको निर्मम र पाशविक हत्या गर्न उद्दत भए l यों घटनाले मेरो मनलाई एक छिन भएपनि  विक्षिप्त बनायो l यस्तो लाग्यो कि पैसा र प्रेमले गर्दा मानिसले आफ्नो मानबिय गुण र धर्म त्याग्न सम्म तुच्छ निर्णय गर्न तयार हुदो रहेछ l

 दीपक राना मगर बुटवल हाल इजरायल 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %