बुटवल,पौष २६, आदिवासी जनजातिका लागि छुट्याइएको बजेट अन्यन्त्र खर्च गरिएको भन्दैं लक्षित समुदायको बजेट अरु कार्यमा खर्च नगर्न गाविस सचिवलाई आग्रह गरिएको छ । जिल्ला विकास समिति अन्तरगतको आदिवासी जनजाति जिल्ला समन्वय समिति,रुपन्देहीद्धारा गाउं,नगर समन्वय समितिको प्रभावकारी अनुगमन तथा अन्तरक्रियाका क्रममा छोट्की रामनगर गाविसमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सचिवलाई उक्त आग्रह गरेका हुंन् ।गाविसमा आदिवासी जनजातिका नाममा छुट्याइएको बजेट शौचालय निर्माण र माछा तालिममा खर्च गरेको पाइएपछि जिल्लाबाट गएका अनुगमनकर्ताले कार्यक्रममै सचिवलाई उक्त आग्रह गरेका थिए । कार्यक्रममा सचिव शालिकराम रिजालले अबका दिनमा आदिवासी जनजातिका लागि छुट्याइएको बजेट उहांहरुसंगैं छलफल गरेर खर्च गर्ने प्रतिवद्धता जनाउंनु भएको थियो ।
आदिबासीको बजेट सही ठाउमा प्रयोग गर्ने सचिबको बाचा
Read Time:1 Minute, 15 Second
