दीक्षान्तमा सबै जातिको पोशाक स्वीकार्य

Read Time:1 Minute, 24 Second

सरकारले २४ पुसमा त्रिभुवन विश्वविद्यालयको नाम परिर्वतन गरि केन्द्रिय विश्वविद्यालय राखे सगै कलेजको दीक्षान्त समारोहमा विद्यार्थीहरु आफ्नो जातीय  पोशाकमा भाग लिन पाउने भएका छन् । नेपाल आदिवसी जनजाति महासंघको टोलीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भटेर  ज्ञापनपत्र बुझाए पछि उनको निर्देशनमा केन्द्रिय विश्वविद्यालयले यस्तो निर्णय लिएको हो ।  समारोहमा छात्रले राष्ट्रिय पोशाक र भादगाउँले कालो टोपी अथवा कोट पाइन्ट अनि टाई तथा छात्राहरुले ब्लाउज र साडी लगाएर सहभागि बन्न केन्द्रिय विश्वविद्यालयले सूचना जारी गरिसकेको थियो, तर प्रधानमन्त्री तथा कूलपति बाबुराम भट्टराईको निर्देशन अनुसार कलेजले पोशाकको प्रकृति नखुलाई पुनः सूचना जारी गरेको थियो ।  पुस २५ अर्थात् आज राजधानीको दशरथ रंगशालामा केन्द्रिय विश्वविद्यालयको ३८  औ दीक्षान्त समारोह हुदैछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %