जर्मनीमा ल्होसार पर्ब सम्पन्न

गणेश गुरुङ,

जर्मनीको म्युनिख शहरमा ल्लोसार  पर्ब भब्यताका साथ् सम्पन्न भयो l नेपाल जनजाति समाज e.V. म्युनिख, जर्मनीको आयोजनामा भएको उक्त कार्यक्रम  बिशेष  धार्मिक बिधिबिधान अनुसार  कुल गुरुङ भिच्छु  मिम लामाद्वारा  पुजा प्रार्थाना सहित नेपाल लगायत  बिस्व भरि छरीएर रहेका नेपाली दाजुभाई दिदीबहिनिहरुमा शान्ति  र आनन्द मिलोश l भन्ने  कामना राख्दै संस्थाका  अध्यक्ष सेक राज सुनुवार  मार्फत पानसमा दियो बालेर  शुरुवात  गरिएको थियो l
सस्थाको सचिब प्रेम सिंह गुरुङले संचालन गरेको पहिलो चरणको  औपचारिक कार्यक्रममा मुख्य अथिति एन।आर। डब्लु। आदिबासी जनजाति महासंघ तदर्थ समिति जर्मनीका  अध्यक्ष  राम राई , अतिथि पाहुना आदिबासी जनजाति समाज हमबर्गका  अध्यक्ष प्रेम पोमु लगायत स्थानीय संघ सस्थाका प्रतिनिधिहरुले सुभकामना मन्तब्य दिनु भएको थियो l
दोस्रो चरणको कार्यक्रममा  सस्थाका सल्लाहाकार  सन्चमान जबेगु र उमा गुरुङले उदघोषक  गरेका थिए l स्थानीय कलाकार लगायत संस्थाको  निमन्त्रणामा  नेपाल बाट आएका गायक तथा संगीतकार दुर्गा गुरुङ र चर्चित लोक तथा दोहोरीका गायीका  ज्योती मगरले उपस्थित दर्शक ब्रिन्दहरुलाई  भरपुर मनोरंजन दिलाए l
तिन महिनाको सांगीतिक यात्रामा युरोप आएका दोय कलाकार दुर्गा गुरुङ र ज्योती मगर द्वारा  यो भन्दा अगाडी बेल्जियममा  भब्य र सफल कन्सर्ट पछि म्युनिख, जर्मनीमा भएको यो दोस्रो कार्यक्रम हो l सबै दर्शकहरुलाई प्रफुल्लित र मोहित पार्दै हसाउन नचाउन सफल रहेका कलाकार दुर्गा गुरुङ र ज्योती मगरको युरोपका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको मिति तय भै सकेको छ भने मार्च महिनाको पहिलो हप्ता यु. के. को लागि भिसा  आवेदन प्रक्रिया तयारी गरिदैछ l नेपाली पात्रो अनुसार तमु ल्होसार  पर्ने उक्त सांस्कृतिक  कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण सहयोगी  मित्रहरुलाई धन्यबाद ज्ञापन दिदै संस्थाका  अध्यक्ष सेक राज सुनुवारले औपचारिक कार्यक्रमको समापन गरेका थिए l