आदिबासी जनजाति महिला महासंघ बेलायत (प्रेस विज्ञप्‍ति)

Read Time:2 Minute, 15 Second
प्रेस विज्ञप्‍ति
भोजपुर निबासी परिकल्पित नाम सिता राई बिदेशी भुमीबाट बिभिन्न दुख ब्याधाको बाबजुत पनि संघर्ष गरी केहि रकम कमाई आफ्नो देश फर्कने क्रममा यहि २०६९ साल मङ्गसिर ३ गते दिनदहादै  त्रिभुवन अन्त्रराष्ट्रिय बिमानस्थलमा अध्यागमनका कर्मचारीहरु नायकसुब्बा सोमनाथ खनाल तथा अधिकृतहरु टिका पोख्रेल र राम प्रसाद कोईरालाबाट रकम लुटिएपछी प्रहरी हवलदार पर्शुराम बस्नेतबाट बलात्कृत भएको घटनाबाट आदिबासी जनजाति महिला महासंघ बेलायत स्तब्द भएको छ । यस्तो किसिमको महिला हिंसाको अति निन्दनिय र अमानबिय घटना पर्ति महिला महासंघ बेलायतको गम्भिर ध्यान आकर्षन भएको छ र उक्त घट्नाको  घोर बिरोध र भ्रतसना गर्दछ । 
साथै यी नेपाली चेली माथी देश र जनताको सुरक्षार्थ खतिएका देशकै कर्मचारी र राष्ट्सेवक नामबाटलुटपात र बलात्कार जस्ता अति निन्दनिय र अमानबिय घटना घटाएका अपराधीहरुलाई कानुनको दायरामा लिई यस्ता दोषीहरु माथी नेपाल सरकार संग हदै सम्मको कारबाही गर्न आदिबासी जनजाति महिला महासंघ बेलायत जोददार माग गर्दछ साथै पीडित महिलालाई न्यायसंगत क्षतिपुर्तीको पनि जोददार माग गर्दछ ।
अन्तमा हाम्रो देश नेपालमा एउटा नाबालक बच्चीलाई समेत नछोडी अहिले दिनहु जस्तो भएको बलत्कार जस्तो अति जघन्य अपराध प्रति आदिबासी जनजाति महिला महासंघ बेलायतको ध्यान आकार्षण भएको छ ।

कमला थापा 
अध्यक्ष 
आदिबासी जनजाती महिला महासंघ तदर्थ समिती बेलायत

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %