देब पचभैया
पाल्पा १९ पौष, योङ्ग कम्युनिष्ट लिग (वाईसियल) का केन्द्रिय अध्यक्ष गणेंशमान पुनले प्रचण्ड र बाबुराम भट्राईलाई गाली गर्दैमा क्रान्ती नहुने बताउनुभएको छ । तानसेनमा सम्पन्न वाईसियल पाल्पाको दोस्रो जिल्ला सम्मेलनको उद्धघाटन गदै
उहाले बैद्ध पक्षहरुले बाबुराम र प्रचण्डलाई गाली गरेर क्रान्ती गरेको ठानीरहेको आरोप लगाउनुभएको हो ।देशमा राजनैतिक तथा आर्थिक क्रान्तीको काम पुरा नभएको भन्दै उहाले अब आफुहरुले छिट्टै निर्णायक आन्दोलन थाल्ने बताउनुभएको छ । अबको क्रान्ती पुरा गर्ने जिम्मा युवाहरुको रहेको भन्दै अध्यक्ष पुनले ३२ हजार बढी तालिम प्राप्त युवाहरु नया जोशका साथ अगाडी आउन लागेको जानकारी दिनुभयो ।
वाईसियल रचनात्मक र निर्णायक भुमिका निर्बाह गर्ने गरी अगाडी गएको उहाले जानकारी दिनुभयो । देशमा ब्याप्त बिकृती र बिशंगतीका बिरुद्ध सबै युवाहरु एक जुट भई सहकार्य गर्ने बेला आएको भन्दै उहाले अब नया खालको आन्दोलनको आबश्यता रहेको बताउनुभयो । जनताको क्रान्ती पुरा नभएकोले अब फेरी निर्णायक आन्दोलनमा होमिनु पर्ने उहाको भनाई छ ।
सम्मेलनले आगामी दुई बर्षका लागी नया नेतृत्व चयन गरेको छ । ४५ सदस्य नब गठित वाईसियलको जिल्ला कमिटिको अध्यक्षमा कृष्ण भुषाल , उपाध्यक्षहरुमा पबित्रा गैरे, केशब रायमाझी, शोभाखर बस्याल, धनु घिमिरे सचिब, सह सचिब कुमार श्रेष्ठ, र कोषा नुर देब बस्याल चयन भएका छन ।
प्रचण्ड र बाबुरामलाई गाली गर्दैमा क्रान्ती हुदैन : पुन
Read Time:2 Minute, 11 Second
