शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाका कर्नेल कुमार लामालाई वेलायत सरकारले प्रकाउ गरेको घटना दुखत भएको सरकारले बताएको छ । शुक्रवार सिंहदवारमा पत्रकार सम्मेलन मार्फत सरकारले उक्त घटना प्रति आधिकारिक धारणा सार्वजनिक गरेको हो । उपप्रधान तथा परराष्ट मन्त्री नारायणकाजी श्रेष्ठले कुनै समय नेपालमा गरिएको घटनालाई आधार बनाएर बेलायतमा गिरफतार गरि मुद्धा चलाउन खोजिनु नेपालको सार्वभौम तथा क्षेत्राधिकार बाहिर गएर गरिएको घटना भएको बताएका छन् । युद्ध बन्दी बनाएको आरोपमा वेलायती प्रहरीले नेपाली सेनाका कर्नेल कुमार लामालाई दुई दिन अगाडि बेलायतमा प्रकाउ गरेको थियो । अन्तराष्ट्रिय कानुन तथा सार्वभौम मुलुकको क्षेत्राअधिकार विपरीत कर्नेल लामालाई पक्राउ गरिएको प्रति सरकारले आपत्ति जनाउदै तत्काल रिहाई गर्न वेलायत सरकार समक्ष माग गरेको छ । शान्ति प्रकृया टुंगोमा पुगिसकेका बेला अन्तराष्ट्रिय तहमा भएका यस्ता घटनाले सिंगो शान्ति प्रकृयामै नकारात्मक असर पर्ने परराष्ट्र मन्त्री श्रेष्ठले टिप्पणी गरेका छन् । सरकारले बेलायती राजदूत जोन टकलाई बोलाएर त्यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै तत्काल लामाको रिहाईको लागि आग्रह गरेको छ । बेलायती राजदूतलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव अर्जुन बहादुर थापाले लामाको रिहाईका लागि औपचारिक पत्र बुझाइसका छन् ।
राज्यसत्ता नेपाल व्युरो
