साधारण सभा सम्पन्न

Read Time:1 Minute, 39 Second

देब पचभैया, पाल्पा पौष २०, नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आठौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सचिव रेखिराम रानाको सागंठनीक, कोषाध्यक्ष शंकर भण्डारीको आर्थिक र भवन निमार्ण समितिका सचिव राजेश कुमार अर्याललले प्रस्तुत गर्नु भएको भवन निमार्णको आर्थिक प्रतिवेदन  पारित गरेको छ । साधारण सभाको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल  संयोजक मोहन चापागाईले उद्घाटन गर्नु भयो । साधारण सभाको उद्घाटन गर्दै उहाले लोकतन्त्र बचाउन स्थानीय संचारमाध्यमको महत्तवपुर्ण भूमीका रहेको भन्दै मोफसलका संचारमाध्यमलाई बलियो बनाउनु पर्ने बताउनु भयो । साथै उहाँले नेपालको पत्रकारीतामा अवसरहरु भएकाले पत्रकारहरुको क्षमता वद्धीमा जोड दिनु पर्ने बताउनु भयो । शाखाका सभापति भगवान भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट, पत्रकार महासघं रुपन्देहिका सभापति दिपक ज्ञवाली, न्युनतम पारिश्रमीक निर्धारण समितिका सदस्य यानेन्द्र जिसी लगायतले बोल्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %