जनजातिको पुन गणना हुदै

Read Time:2 Minute, 9 Second

बुटवल, २० पौष, जिल्ला विकास समिति  अन्तरगतको आदिवासी जनजाति जिल्ला समन्वय समिति रुपन्देहीले जिल्लामा बसोबास गर्ने आदिवासी जनजातिको तथ्याङक निकाल्ने भएको छ । ०६८ को राष्ट्रिय जनगणनामा आदिवासी जनजातिको जनसंख्यामा कमी आएको भन्दैं जनजातिको यथार्थ तथ्याङकका लागि समितिले तथ्याङक निकाल्न लागिएको हो । सो कार्य सम्पन्न गर्नका लागि समितिले उपाध्यक्ष धनबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको छ । समितिमा बिरबहादुर गर्बुजा, टेकबहादुर मास्कीराना, सरिता चौधरी, कमलनारायण चौधरी, गणेश गुरुङ तथा जिविस,रुपन्देहीका सामाजिक अधिकृत दुर्गाप्रसाद श्रेष्ठ सदस्य रहनु भएको छ । समितिले माघदेखि  तथ्याङक निकाल्नका लागि काम थाल्ने जनाएको छ । समितिको आज भैरहवामा बसेको सम्पादन समितिको बैठकले गाविसमा आदिवासी जनजातिका लागि छुट्याइएको बजेट सही ठाउंमा खर्च भए नभएको विषयलाई लिएर पौष २३ देखि अनुगमन गर्ने निर्णय पनि गरिएको छ ।यस्तैं बैठकले संघीयता र राज्यमा युवाको समावेशिताको विषयमा अन्तरक्रिया गर्ने निर्णय गरिएको सदस्य बिरबहादुर गर्बुजाले जानकारी दिनुभयो । समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी नारायण ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०७०, ०७१ का लागि जनजातिलाई उपलब्ध गराइने बजेट बनाएर परिषद्मा पेश गर्न उपाध्यक्ष धनबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय उपसमिति बनाइएको पुनले बताउंनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %