कार्यकर्ता मारिएको भन्दै नेकपा–माओवादीद्धारा अबध राज्य बन्द आहवान

Read Time:2 Minute, 5 Second

बुटवल २० पुस, आफ्ना स्थानिय नेताको सोधपुचका क्रममा प्रहरी हिरासतमा भएको मृत्युको सत्य तथ्य छानवीनको माग गर्दै नेकपा माओवादीले आज अवध राज्य बन्दको आहवान गरेको छ । बन्दका कारण आज बिहानैबाट रुपन्देही, कपिलवस्तु, नवलपरासीका जिल्लाको जनजिवन प्रभावित भएकबा छन् । पार्टीका अबध राज्य समिती सदस्य शैलेश तिवारीको प्रहरी हिरासमा भएको रहष्यमय मृत्युको सत्यतथ्य छानविनको माग र दोषिमाथि कार्बाहीको माग गर्दै  नेकपा माओवादी सघर्षमा उत्रिएको हो । नेकपा माओवादीले घटनाकोे बिरोधमा शुत्रबार अबध राज्यका रुपन्देही, कपिलबस्तु र नवलपरासी गरी ३ जिल्ला बन्दको आब्हान गरेको जिल्ला ईन्चार्ज बसन्त श्रेष्ठले जानकारी दिए । उनले दोषिमाथि कार्वाही र पिडित पक्षलाई क्षेतिपुर्ती नदिदा सम्म सघर्षका कार्यक्रम नरोकिने बताए । पार्टी महाधिबेशन तयारी प्रचार प्रसारका क्रममा रहेका तिवारीलाई प्रहरीले सोधपुछ गर्न रुपन्देहीको रोहणिहवा प्रहरी चौकीमा लैजादा बुधबार दिउसो ३ बजे रहष्यमय मृत्यु भएको थियो ।
रुपन्देहीको फरेना २ का ३५ बषिृय तिवारी उत्त रत्तचापको बिरामी भएका कारण मृत्यु भएको प्रहरीले दावी गरेको छ । तिवारीको शब पोष्टमार्टमका लागि बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । बिहिबार गर्ने भनिएको पोष्ट मार्टम रात परेपछि शुक्रबार गरिने ईन्चार्ज श्रेष्ठले जानकारी दिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %