सहिद स्मारक ‘ए’ डिभिजन लिगमा, मच्छिन्द्र क्लब दोस्रो स्थानमा उक्लिन सफल

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा सङ्कटा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब दोस्रो स्थानमा उक्लिन सफल भएको छ । आजको जित पनि मच्छिन्द्रले तीन अङ्क थप्दै २३ अङ्क पु¥याएको हो । पहिलो स्थानमा रहेको थ्रीस्टारको २५ अङ्क छ । आजै भएको पहिलो खेलमा भने सरस्वती युथ क्लबले मध्यपुर एसोसिएसनलाई १–० ले हराएको छ । आजको जितपछि सरस्वती ११ अङ्क जोड्दै सरस्वती प्रतियोगिताको ११ औं स्थानमा उक्लिएको छ ।