ल्होसारमा गुरुङ संघ संस्था नै विभाजित

Read Time:11 Minute, 21 Second

 खिनु गुरुङ्ग, बुटवल , २५९६ औ तोला ल्होसार पर्व देशव्यापी रुपमा गाँउ गाँउमा पनि धुमधाम संग मनाए । यस क्षेत्र तिर पुस १ गते देखी नै ल्होसारको विशेष चहल पहल देखीयो । नवलपरासी, चितवन,रुपन्देही,कपिल्वस्तु जिल्ला लगाएत देश व्यापीहरुपमा विगतको भन्दा बढी चहल पहल देखीयो ।  विशेष गरी गुरुङ समुदायले मनाउने गरेको तोला ल्होसार पर्वमा विविध सांस्कृतीक कार्यक्रम,सभा गोष्ठी भयो ।

 रुपन्देहीमा पनि पुस १५ सर्प वर्गको अवशरमा गुरुङ संघ संस्थाहरुले रुपन्देहीको करहिया,मधवलिया,वुटवलका वडा वडामा,सिक्टहन,वेलवास ,भैरहवा,पड्सरी,सेमरा,शंकरनगर, रुद्रपुर सालझण्डी लगाएत विभिन्न स्थानमा कार्यक्रमहरु भएको थियो । तर धुमधाम संग मनाए पनि रुपन्देहीमा भने ल्होसार मनाउने गुरुङ समुदायहरु नै विभाजित देखीए । रुपन्देही जिल्लामा रहेका गुरुङ समुदायको प्रतिनिधित्व गर्ने दुई संस्था तमू प्हे लु संघ र तमू  ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा १४ गते वुटवलमा छुट्टा छुट्टै  रयाली  निकाले । वुटवलको बस पार्कमा दुई समुह विच जम्काभेट भएको थियो । तमू ह्यूल छोज धींको आयोजनामा निकालिएको रयाली वुटवलको ट्राफिक चोकबाट निकालिएको थियो भने तमू प्हे लु संघले आयोजना गरेको रयाली भने वुटवलको लखन चोक हुदै गएको थियो । तमू प्हे लु संघले वुटवल बेलवासमा गएर कार्यक्रम गरेको थियो भने तमू ह्यूल छोंज धींले भने रामनगर स्थित महाज्ञान वौद्ध विहारमा गएर कार्यक्रम गरेको थियो । विगत केही वर्षबाट भिन्दा भिन्दै  रुपमा यि दुई संस्थाले छुट्टा छुट्टै रुपमा ल्होसार पर्व मनाउदै आएका छन् । तर २०६५ सालमा चितवनमा सम्पन्न भएको गुरुङहरुको पहिलो एकता महाधिवेशनले भने छरिएर रहेका विविध गुरुङ संघ संस्थाहरु एकै स्थानमा आई एकता भएको बताईएको थियो । त्यती बेला तमू बौद्ध सदन,तमू प्हे लु संघ,तमू छोज धीं लगाएत संघ संस्थाहरु एकता बद्ध भएका थिए । तर पोखरामा भएको तमू धीं भने एकता महाधिवेशनमा सहभागी भएको थिएन । त्यस पछी भने तमू प्हे लु संघलाई तमू ह्यूल छोंज धींले गुरुङ भित्रको सांस्कृतीक समुहको रुपमा लिदै आएको थियो । विशेष गरी गुरुङ समुदायले मान्ने गरेको संस्कारलाई लिएर विभाजित भएका गुरुङहरुमा एकताको महाधीवेशन पछी पनि एउटै अवशरमा एकै स्थानमा छुट्टा छुट्टै कार्यक्रम सार्वजानीक रुपमा गरे पछी तमू एकताको राम्रो संदेश गएको छैन । तमू ह्यूल छोज धींको विधानमा गुरुङहरुको मुल धर्म कुल धर्म र पहिचान धर्म बौद्ध धर्म भनेता पनि तमू प्हे लु संघका नेत्रित्वबाट गुरुङहरुको धर्म वोन धर्म भएको भनिदै आएकोछ । जसले गर्दा गुरुङहरु विभाजित देखिएका छन् । स्रोतका अनुसार रुपन्देही जिल्लामा पटक पटक एकै स्थानमा ल्होसार मनाउन दुवै संघ संस्थाका नेत्रित्व विचमा छलफल भएता पनि वोन मार्गी र बौद्ध मार्गी को विवादले एकै स्थानमा ल्होसार मनाउन नसकेको बताईएकोछ । यसरी दुई खेमामा देखीएका गुरुङ संघ संस्थाहरु प्रति भने सर्वसाधारण गुरुङहरु असन्तुष्ट रहेका छन् । उनीहरुका अनुसार तमू एकताको कुरा नारामा मात्र सिमित भएकाले विवाद मिलाउनु पर्ने बताएका छन् ।

के हो ल्होसार ?

गुरुङहरु मनाउने ल्होसार वा ल्होछार भन्नाले गुरुङ भाषामा ल्हो भन्नाले वर्ग र छार वा सार भन्नाले नया भन्ने जनाउछ । जसले नयाँ वर्ग परिवर्तन हुने अवशरलाई ल्होसारको रुपमा गुरुङ समुदायले मनाउने गर्दछन् । जसमा १२ वटा बर्ग हुने गर्दछ जुन प्रत्येक वर्षको पुष १५को दिन परिवर्तन हुन्छ । वर्ग विभिन्न जिव जनावरहरुलाई वर्गको प्रतिकको रुपमा लिईन्छ । प्रत्येक १२ वर्षका एक व्याक्तिको वर्ग परिवर्तन हुन्छ ।

 ल्होसार कोटिहवामा पनि सानदार

 २५९६औ ल्होसार पर्व कोटिहवा पनि सानदार रुपमा मनाए । पुस ५ गतेबाट नै स्यूरा घरदैलो गर्दै हिडेका गुरुङहरुले १५ गते नयाँ वर्षको रुपमा ल्होसार भव्यताका साथ मनाए । १४ गते साँझ कोटिहवा चोक देखी माँङी वौद्ध विहार सम्म मैन बत्ति रयाली गरिएको थियो । जसमा १४ गते साँझ क्याप्रीबाट पुजा अर्चना गरे भने राती १२ वजे आउने वर्ग सर्प वर्गलाई स्वागत जाने वर्ग गिद्ध वर्गलाई विदाई गरिएको थियो । ठुलो मात्रामा जम्मा भएका गुरुङहरुले एक अर्कामा शुभकामना पनि आदान प्रदान गरेका थिए । पुस १५ गते भने पत्थर डाँडाबाट माँङी बौद्ध विहार सम्म शान्ति पद यात्रा गरी माँङी वौद्ध विहारमा गएर एक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा प्रमुख अतिथी विल गुरुङले ल्होसारले जातीय मतभेद हटाउन मद्दत पुरयाउने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल मगर संघ मधवलियाका अध्यक्ष होमबहादुर गाहाले शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रमको अध्यक्षता तमू ह्यूल छोज धी मधवलियाका अध्यक्ष गजबहादुर गुरुङले गरेका थिए भने संञ्चालन सुन्दर गुरुङले गरेका थिए । कार्यक्रममा ७ वर्ष सम्म समाजको अध्यक्ष भएकी जसमती गुरुङलाई दोसल्ला ओडाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा तम्बोला लगायत सांस्कृतीक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

सेमरामा ल्होसार

 २०६९ षौष १५, २५९६ औं ल्होसार पर्व सिद्धार्थ गुम्बा सेमरा र तमु ह्यूल छोंज धीं राष्ट्रिय परिषद् इकाई सेमरा बजारको संयुक्त आयोजनामा भएको शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बरिष्ट समाजसेवी लक्ष्मी देवी गुरुङ्ग र सो कार्यक्रमका सभापतित्व कलु बहादुर गुरुङ्गले गर्नु भएको थियो । कार्यक्रम सचिव शंकर गुरुङ्गको संचालनमा भएको थियो । यस पालीको ल्होसार पर्व सेमरा बजारका तमुहरुले धार्मिक पुजा पाठ, विविध सांस्कृतिक कार्यक्रम, तम्बोला र घर घरमा ३ दिन सम्म दिपावली गरी हर्षाेल्लासको साथ सम्पन्न गरेको सचिव शंकर गुरुङ्गले जानकारी दिनुभयो ।

 ल्होसारमा फुटवल प्रतियोगिता

२५९६ आं ल्होसारको उपलक्ष्यमा न्यु सृजना क्लबद्वारा आयोजित तेस्रो सृजना कप खुल्ला नकआउट फुटबल प्रतियोगिता गत मंसिर ३० गतेबाट शुरु भई गत शनिबार समापन भएको छ । प्रतियोगीता जनजागृती प्रा.विमा भएको थियो आईतवार सुपौली एफ.सी., सुपौली विरुद्ध दुर्गा भवानी युवा परिवार, भलवारी बीच भएको अति नै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा सुपौली एफ.सी. सुपौली शून्यको विरुद्ध दुई गोलले विजय प्राप्त गर्दै प्रथम पुरस्कार स्वरुप रु २२ हजार, ट्रफी, मेडल तथा प्रमाण पत्र हात पार्न सफल भएको थियो भने दुर्गा भवानी युवा पविार, भलवारी द्वितीय पुरस्कार स्वरुप रु ११ हजार, ट्रफी, मेडल तथा प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो । साथै प्रतियोगिता भरी राम्रो खेल प्रदर्शन गरी दुर्गा भवानी युवा परिवार, भलवारीका खेलाडी आशिष शाक्यले ‘उतकृष्ठ खेलाडी ’को उपाधि र सोही क्लबका खेलाडी कृष्ण श्रेष्ठले हाई स्कोरको उपाधि प्राप्त गर्न सफल भएका थिए । समाजसेवी तथा उद्योगपति शान्तराम चौधरीको प्रमुख अतिथिको रुपमा बोल्दै विजेतालाई बधाई तथा उपविजेतालाई सान्त्वना व्यक्त गर्नुभएको थियो । त्यसैगरी उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा टिकुलीगढ गा.वि.स. सचिव विनोद ज्ञवाली हुनुहुन्थ्यो भने अन्य आमान्त्रित अतिथिहरुमा यसै टिकुलीगढ –५, करौजिया जन जागृति प्रा.वि.का संचाकल समितिका अध्यक्ष दुर्गा बहादुर श्रीस मगर, टिकुलीगढ–५, वडा नागरिक मञ्चका अध्यक्ष तथा विश्व शान्ति महाज्ञान बौद्ध गुम्बाको अध्यक्ष क्या. नरजङ्ग गुरुङ्ग, विभिन्न समाजसेवी बुद्धिजीवि तथा सहयोग दाताहरु हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका सचिव सागर गौतमले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष हरी थापा मगरले गरेका थिए । कार्यक्रम सञ्चालन श्रीस मगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %