बुद्ध र झण्डा

Read Time:1 Minute, 58 Second

 नमोतस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स जहाँ जहाँ बौद्ध झण्डाहरु फरफराइरहेका देखिन्छ स्पष्ट रुपमा त्यहाँ बौद्धहरु रहेको बुद्धको शान्ति सन्देश फैलिएको र केही सिष्ट व्यक्तिहरुको क्षेत्र भन्ने कुरामा निश्चिन्त हुन्छ । बौद्ध झण्डामा क्रमैसित निलो पहेंलो, सेतोर कलेजीरंगका लामा कोठाहरु हुन्छन् त्यसपछि यी पाँचवटा रंगहरु छोटो –छोटो कोठामा लाइनसँगै राखिएको हुन्छ । बुद्धको उपदेश हो जुनै कुराको पनि कारण हुन्छ । कारण विना कार्यको सम्भव छैन् । बौद्ध झण्डामा जम्मा पाँचवटा रंगहरु रहेको हुन्छ ।

 १) निलो

२) पहेंलो

 ३) रातो

 ४) सेतो

५) कलेजी ।

 निलो रंगको प्रतिक हो भगवान बुद्धको केश अनि अर्का अर्थ हुन्छ न्याय । पहेंलो रंगको प्रतिक हो भगवान बुद्धको रगत तथा दार्शनिक र वैचारिक क्रान्ति । सेतो रंगको प्रतिक हो भगवान बुद्धको अस्थिठ अनि अर्का अर्थ हुन्छ पवित्रता शान्ति । कलेजी रंगको प्रतिक हो भगवान बुद्धको हृदय तथा अनुशासनको प्रतिक । बौद्ध झण्डा फरफराए सरी विश्वको कुनाकन्दरामा भगवान बुद्धको मानवता, शान्ति, सन्देश एवं अमृतोपदेश फैलिनु पर्छ मानिस सबै वास्तवमै मानिस भएर बाँच्न पाउनु पर्छ । सबैले स्वतन्त्रता एवं स्वविवेकलाई सदुपयोग गर्न पाउनु पर्छ । भवतु सब्ब मंगलं सबैको कल्याण होस् !

 के. नरजंग गुरुङ्ग

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %