फागुन २ गते प्रथम सहीद लखन थापाको शालिक अनावरण हुने

Read Time:1 Minute, 21 Second

गोविन्द घर्ति

देवदह पौष १७ । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षतामा बसेको संयुक्त बैठकले मगर संघले पारीत परेको वार्षिक कार्ययोजनाका कार्यक्रमलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले रुपन्देहीको बुटवल चौराह लखन चोकमा रहेको प्रथम सहीद लखन थापाको शालिक प्रतिस्पादन गरी फागुन २ गते एक कार्यक्रमको आयोजना गरी अनावरण गर्ने निर्णय गरेको जिल्ला सदस्य रिता थापाले बताउनु भयो । बैठकमा संघका पदाधिकारी, सदस्य तथा मगर महिला संघ, मगर युवा संघ, मगर बौद्ध सेवा समिति, मगर लेखक संघ, मगर चलचित्र संघ लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी बैठकले पौष १९ गते बुटवलको अमर भवनमा संघीयता सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम राखिएको जिल्ला अध्यक्ष विरकट्टाले बताउनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %