कैलाली,पौष १८ कैलालीको उर्मा गाविस वडा नम्वर ८ भादा गाउँमा आजबाट थारु होमस्टे महोत्सव सुरु भएको छ । थारु समुदायको कला संस्कृति र पर्यटकीय विकास पुर्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा थारु समुदायका सखिया, झुम्रा, मघौटा, मुङ्गरहुवा, लठौहवा बैठकी, गुरुवा नाचलगायतका सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको छ । महोत्सव ६ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
