नवलपरासी, १७ पुस, नवलपरासीका उखु किसानहरुले आजदेखि पेश्की रकम पाउने भएका छन् । उखुको प्रति क्विन्टल चार सय रुपैयां पेश्की रकम पाउने भएका हुन् । नवलपरासीमा अहिले सञ्चालनमा रहेको चिनी मिलहरुले सूचना प्रकाशित गरी आजदेखि तत्काल प्रति क्विन्टल चार सय रुपैयां पेश्की रकम दिने र बांकी मूल्य निर्धारण गरेपछि दिने भएका हुन् । भारतमा उखुको मूल्य निर्धारण नभइसकेको कारण नेपालमा पनि उखुको मूल्य निर्धारण हुन नसक्दा नवलपरासीमा त्यसको असर परेको छ । जसले गर्दा उखु किसानहरु अन्यौलमा परेका छन् । करिब चार दिन अघि नवलपरासीका चिनी मिल सञ्चालकहरु र उखु उत्पादक किसान संघका समितिबीच भएको छलफल पछि तत्काल पेश्की स्वरुप प्रतिक्विन्टल चार सय रुपैया दिने सहमति भएको थियो । यसैबीच किसानहरुको उखु दलालीमार्फत चिनी मिलसम्म जांने हुंदा किसानहरु थप मारमा परेका छन् । दलालीले चिनी मिलले दिने मूल्य भन्दा कममा उखु लैजाने गरेका कारण किसानहरु थप मारमा परेका हुन् । चिनी मिल सञ्चालकहरुले नै दलाली पालेका कारण यस्तो समस्या भएको उखु उत्पादक किसान संघ नवलपरासीका अध्यक्ष उमेश यादवले बताउनुभयो ।
नवलपरासीका उखु किसानले पेश्की रकम पाउने-मूल्यमा अझै अलमल
Read Time:1 Minute, 39 Second
