गुरुङ समुदायको तमु ल्होसार पर्व काठमाडौं उपत्यका लगायत देश भरि नै धुमधाम संग सम्पन्न भएको छ । गुरुङ समुदायले विशेष गरि यो पर्व ‘सर्ब’ वर्षको रुपमा नयाँ बर्षलाई स्वागत गदै मनाएका छन् । मिठो खाने कुरा र नयाँ परिहनमा सचिएर गुरुङ समुदायले एक अर्काेमा शुभकामना साटासाट गदै ल्होसार पर्वमा मान्यजनबाट आशिर्वाद समेत लिए । ल्होसारको अवसरमा काठमाडौंको खुल्ला मञ्च टुडिखेलमा गुरुङ समुदायको मौलिक संस्कृति र खानाका परिकार समेत प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा समेत बाक्लो उपस्थिति देखिन्थ्यो । ल्होसार पर्वमा राष्ट्रपति रामबरण यादवले सबै धर्मका पहाड तराई अनि हिमाल र विदेशमा बस्ने नेपाली बीच एकता र सद्भाव कायम गर्न सफल होस् भन्दै शुभकामना व्यक्त गरेका थिए । राजनीतिक दलका नेताहरुले समेत ल्होसारको अवसरमा शुभकामना व्यक्त गरे । ल्होसारको अवसरमा नेपाल सरकारले एक दिन सार्वजनिक विदा समेत दिएको थियो l
तमु ल्होसार सकियो
Read Time:1 Minute, 27 Second
