बुटवल, राष्ट्रिय जनमुक्ति पार्टी केरवानी गाउँ समिति रुपन्देहीको आयोजनामा केरवानी–३ पेटवनियामा गत शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद् सदस्य दलबहादुर विरकट्टा मगरको मुख्य प्रशिक्षणमा सो कार्यक्रम भएको थियो । सो प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीको विचारधारा र संविधानसभाको बारेमा तथा नेपालको मुलुकी ऐन २०१० को बारेमा विस्तृत जानकारी गराएका थिए । देशमा पुरानो मुलुकी ऐन खारेज र धर्म निरपेक्षता व्यवहारमा लागु नहुँदा सम्म एकाधिकारवादले सदैव नेपाली जनताहरुको रगत र पसिना माथि लेखवाड गर्दै मोज गरिरहने उनको भनाई थियो । त्यसैगरी अध्यक्ष डिसुवाले राष्ट्रिय जनमुक्ति पार्टी नै सम्पूर्ण जनताहरुको समस्याको समाधानको निम्ति एकमात्र विकल्पको रुपमा रहेको ठोकुवा गरेका थिए । स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष डिसुवाले पार्टी हिंसारहित विचार बोकेको पार्टी रहेको र नेपाली जनतालाई एकजुट हुन आग्रह समेत गरेको सहभागीले जनाएका थिए ।
सो कार्यक्रमका अतिथिहरु क्षेत्रीय अध्यक्ष धन बहादुर थापा, भूपू जिल्ला अध्यक्ष बम बहादुर गाहा, राष्ट्रिय युवा मोर्चाका सदस्य माया सारु, स्वतन्त्र महिला संगठन क्षेत्र नं. १ को विन्दु चौधरी, दलित मोर्चाका सदस्य चोप बहादुर वि.क. लगायतले आ–आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा १५ जना एमाले, कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरु पार्टी प्रवेश गरेको क्षेत्रीय अध्यक्ष बम बहादुर गाहाले जानकारी दिए ।
सो कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी गाउँ समितिका अधयक्ष हुम बहादुर डिसुवाको अध्यक्षता र सचिव भिम बहादुर विरकट्टा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
